तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं : तोकिए भन्दा बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरू आन्दोलित भइरहेका वेला सम्पत्ति शुद्धीकरण विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ।
विभागले आइतबार विराटनगरस्थित नोबेल मेडिकल कलेज, वीरगञ्जस्थित नेसलन मेडिकल कलेज र चितवनस्थित चितवन मेडिकल कलेजमा छापा मारेको हो।
शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानबिन थालिसकेको छ। छानबिनका क्रममा मेडिकल कलेजहरूमा छापा मारिएको बताइएको छ।
सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिए पनि मेडिकल कलेजहरूले अटेर गरेपछि विद्यार्थीहरु निरन्तर आन्दोलित छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण