राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा चार निर्देशक सिफारिस
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगका लागि चार निर्देशक सिफारिस भएका छन्। तीन सदस्यीय निर्देशक सिफारिस समितिले २६ आवेदकबाट चारजनाको नाम सिफारिस गरेको हो।
समितिले निर्देशकका लागि हाल प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका फिजिसियन तथा वरिष्ठ कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्मा, डा. रमेश आचार्य, डा. संघरत्न बज्राचार्य र डा. आरती शाहको नाम सिफारिस गरिएको स्राेतले जनाएकाे छ।
वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. शर्मा मेडिकल काउन्सिलका पूर्वरजिष्ट्रार हुन्। डा. आचार्य शिक्षणमा कार्यरत छन् भने डा. शाह वीर अस्पतालका अंकोलोजिष्ट हुन्। यस्तै बज्राचार्य शिक्षण अस्पतालमा फर्माकोलोजिस्ट छन्।
राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाको नेतृत्वको सिफारिस समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ तथा प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका डा. अरुण सायमी र महाश्रम शर्मा सदस्य थिए।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै