सिन्धुलीकाे सुनकोशीमा आँखा र कान उपचार केन्द्र
सिन्धुली : सुनकोशी गाउँपालिका–६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा आँखा र कान उपचार केन्द्र सञ्चालनमा आएको छ।
आत्मीय सामुदायिक अस्पतालको समन्वय र सगरमाथा चौधरी आँखा अस्पताल लहानको स्वामित्व रहनेगरी उपचार केन्द्र सञ्चालनमा आएको हो। सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद हरिबोल गजुरेलले शनिबार केन्द्रको उद्घाटन गरे।
सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउँपालिका, रामेछाप र ओखलढुंगालगायतका ठाउँका बिरामीलाई लक्ष्य गरी केन्द्र सञ्चालनमा आएको अस्पतालका कार्यकारी निर्देशक सञ्जीव केसीको भनाइ छ।
केन्द्रमा आँखा र कानका सबै उपचार सेवा दिइने जानकारी दिइएकाे छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा