Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बिरामीको संख्या दिन प्रतिदिन बढ्दाे, तर छैनन् चिकित्सक

बिरामीको संख्या दिन प्रतिदिन बढ्दाे, तर छैनन् चिकित्सक

कालिकोट : दिन प्रतिदिन बिरामीको संख्या बढे पनि जिल्ला अस्पतालमा कालिकोटमा चिकित्सक अभाव छ।

चिसो मौसम सुरु भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ। चिसाे माैसम शुरू भएसँगै रुघाखोकी, ज्वरो,  निमोनिया र टाइफाइडलगायत विभिन्न सरुवा रोगको संक्रमण बढेको अस्पतालले जनाएको छ।

दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। नाम लेखाउनकै लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेकाे बिरामीहरू बताउँछन्।

अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका प्रमुख डा. भीष्म पोख्रेलले स्वीकार गरे। आवश्यक दरबन्दी पूरा गर्न प्रदेश सरकारसँग पटक पटक आग्रह गरे पनि माग सुनुवाइ नभएकाे उनको दाबी छ।

२९ जनाको दरबन्दी रहेकाे अस्पतालमा आठ जना डाक्टर हुनुपर्नेमा  हाल एकजना मात्रै छन्। तीनजना विशेषज्ञ डाक्टरको दरबन्दी खाली छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार