Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘प्रधानमन्त्रीको स्वास्थ्यबारे लुकाउनुपर्ने केही छैन’

‘प्रधानमन्त्रीको स्वास्थ्यबारे लुकाउनुपर्ने केही छैन’

काठमाडौं : ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ‍ओलीको स्वास्थ्यका विषयमा लुकाउनुपर्ने केही कुरा नरहेको बताएका छन्।

शनिबार बेलुकी प्राइम टाइम्स टेलिभिजनमा प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्याको विषयलाई कतिपयले ‘र्युमर’ बनाएको बताए।

‘जे भएको छ, हामीले अपडेट गराइरहेका छौँ’, उनले भने, ‘हामीले लुकाए पनि उहाँ (प्रधानमन्त्री)ले नै भनिदिनु हुन्छ।’  सार्वजनिक पदधारण गरेको व्यक्तिको स्वास्थ्यबारे जान्न पाउने सर्वसाधारणको अधिकार हुने भन्दै उनले प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सत्य कुरा बाहिर आइरहेको दाबी गरे।

बिरामी भए पनि प्रधानमन्त्री सक्रियता हेर्दा आफूहरूलाई समेत ‘इनर्जी’ पैदा हुने उनले बताए। ‘उहाँको क्यापासिटी हामीले सोचेभन्दा धेरै बढी छ’, उनले भने, ‘(उहाँ) हाँसिरहनु भएको छ। त्यति सक्रियताका साथ काम गरिरहनु भएको छ। त्यो ठूलो कुरा हो।’

कसैबाट केही लिनु नभएको देशलाई दिनु मात्रै भएकाले प्रधानमन्त्रीमा आत्मविश्वास पैदा भएको त्यसैलाई उनलाई रोगसँग लड्ने शक्ति प्राप्त भएको डा‍. पाण्डेको भनाइ थियो।

डा. पाण्डेको टोलीले नै ग्राण्डी अस्पतालमा तीनपटक प्रधानमन्त्री ओलीको मिर्गौलाको हेमोडाइलासिस गरिसकेको छ।

Photo : grandehospital.com

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार