‘प्रधानमन्त्रीको स्वास्थ्यबारे लुकाउनुपर्ने केही छैन’
काठमाडौं : ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा लुकाउनुपर्ने केही कुरा नरहेको बताएका छन्।
शनिबार बेलुकी प्राइम टाइम्स टेलिभिजनमा प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्याको विषयलाई कतिपयले ‘र्युमर’ बनाएको बताए।
‘जे भएको छ, हामीले अपडेट गराइरहेका छौँ’, उनले भने, ‘हामीले लुकाए पनि उहाँ (प्रधानमन्त्री)ले नै भनिदिनु हुन्छ।’ सार्वजनिक पदधारण गरेको व्यक्तिको स्वास्थ्यबारे जान्न पाउने सर्वसाधारणको अधिकार हुने भन्दै उनले प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सत्य कुरा बाहिर आइरहेको दाबी गरे।
बिरामी भए पनि प्रधानमन्त्री सक्रियता हेर्दा आफूहरूलाई समेत ‘इनर्जी’ पैदा हुने उनले बताए। ‘उहाँको क्यापासिटी हामीले सोचेभन्दा धेरै बढी छ’, उनले भने, ‘(उहाँ) हाँसिरहनु भएको छ। त्यति सक्रियताका साथ काम गरिरहनु भएको छ। त्यो ठूलो कुरा हो।’
कसैबाट केही लिनु नभएको देशलाई दिनु मात्रै भएकाले प्रधानमन्त्रीमा आत्मविश्वास पैदा भएको त्यसैलाई उनलाई रोगसँग लड्ने शक्ति प्राप्त भएको डा. पाण्डेको भनाइ थियो।
डा. पाण्डेको टोलीले नै ग्राण्डी अस्पतालमा तीनपटक प्रधानमन्त्री ओलीको मिर्गौलाको हेमोडाइलासिस गरिसकेको छ।
Photo : grandehospital.com





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण