Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बच्चा पाउन नसकेका दुई गर्भवतीको उद्धार

बच्चा पाउन नसकेका दुई गर्भवतीको उद्धार

जाजरकोट : जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।

उच्च रक्तचाप समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि शनिबार उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको केशरीले बताए। एक वर्षयता अहिलेसम्म जिल्लामा १२ गर्भवष्ती तथा सुत्केरीको उद्धार गरिएको उनले जानकारी दिए।

यस्तै सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङलाई पनि हेलिकोप्टरबाट उद्धार गरिएको छ।

उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। बुधबार नै प्रसूति व्यथाले थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए।

गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूतिगृहले जानकारी दिएको छ ।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार