बच्चा पाउन नसकेका दुई गर्भवतीको उद्धार
जाजरकोट : जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
उच्च रक्तचाप समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि शनिबार उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको केशरीले बताए। एक वर्षयता अहिलेसम्म जिल्लामा १२ गर्भवष्ती तथा सुत्केरीको उद्धार गरिएको उनले जानकारी दिए।
यस्तै सुत्केरी हुन नसकेपछि डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया छिरिङपुटी गुरुङलाई पनि हेलिकोप्टरबाट उद्धार गरिएको छ।
उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। बुधबार नै प्रसूति व्यथाले थलिएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भए पनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीय आङबहादुर लामाले जानकारी दिए।
गर्भवती गुरुङलाई काठमाडौँ लगिएको र शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूतिगृहले जानकारी दिएको छ ।
प्रतीकात्मक तस्विर





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा