Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीको तेस्रोपटक ‘हेमोडायलासिस’, स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालको दाबी

प्रधानमन्त्री ओलीको तेस्रोपटक ‘हेमोडायलासिस’, स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रोपटक ‘हेमोडायलासिस’ गरिएको छ। काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलासिस गरिएको हो।

यसअघि ग्राण्डीमै दुईपटक उनको हेमोडायलाइसिस गरिएको थियो। गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडायलासिस गरिएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह, ग्राण्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा.डा. प्रेमराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उल्लेख छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार