प्रधानमन्त्री ओलीको तेस्रोपटक ‘हेमोडायलासिस’, स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालको दाबी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रोपटक ‘हेमोडायलासिस’ गरिएको छ। काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलासिस गरिएको हो।
यसअघि ग्राण्डीमै दुईपटक उनको हेमोडायलाइसिस गरिएको थियो। गत कात्तिक १२ र १३ मा क्रमश पहिलो र दोस्रो पटक हेमोडायलासिस गरिएको थियो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह, ग्राण्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रा.डा. प्रेमराज ज्ञवालीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उल्लेख छ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा