Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

उपचार गर्न बेलायत जाने सरिफको चाहना, पाकिस्तानी सरकारको यस्तो शर्त

उपचार गर्न बेलायत जाने सरिफको चाहना, पाकिस्तानी सरकारको यस्तो शर्त

स्वास्थ्य अवस्था नाजुक रहेका भनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको उपचारका लागि विदेश जाने प्रयासमा जटिलता उत्पन्न भएको छ।

पूर्वप्रधानमन्त्री सरिफ थप उपचारका लागि बेलायत जान चाहेका छन्। पाकिस्तानी अदालतले सरिफलाई विदेशमा उपचार गर्न जमानत दिएको थियो। नवाफ शरिफ भ्रष्टाचारको आरोपमा जेलमा थिए।

पाकिस्तान सरकारले यसअघि अदालतको आदेशलाई स्वीकार गर्दै विदेश भ्रमणका लागि प्रतिबन्ध नलगाउने घोषणा गरेको थियो।

तर, यसै साता प्रधानमन्त्री इमरान खानको सरकारले नवाज सरिफको यात्राका सम्बन्धमा नयाँ शर्त अघि सारेको छ। इमरान सरकारले नवाजले करिब सात अर्ब पाकिस्तानी रुपैयाँ अर्थात् करिब ४ करोड ५० लाख अमेरिकी डलर सरकारी कोषमा जम्मा गर्नुपर्ने पूर्वशर्त राखेको छ।

सरकारको उक्त आदेशलाई नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले अस्वीकार गरेको छ । नवाज शरिफका निजी चिकित्सक अदनान खानले शुक्रबार ट्वीट गर्दै पूर्व प्रधानमन्त्री सरिफको स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहेकाले तत्कालै उपचारको व्यवस्था नभए जेसुकै हुनसक्ने बताएका छन्।

पीएमएल–एन पार्टीका नेता शाहबाज शरिफले उपचारमा ढिलाई भएर पूर्वप्रधानमन्त्री सरिफलाई तलमाथि केही भएमा त्यसको जिम्मेवारी प्रधानमन्त्री खानले लिनुपर्ने चेतावनी दिएका छन्।

थप समाचार