Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी मारमा

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी मारमा

विराटनगर : जिल्ला कारागारमा मोरङमा लामो समयदेखि दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी मारमा परेका छन्।

स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीलाई सामान्य समस्या आउँदा पनि अस्पताल लैजानुपर्ने बाध्यता  छ। कारागारमा भएको अहेवको पद पनि डेढ वर्षदेखि रिक्त रहेको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए । कैदीबन्दीहरूलाई सामान्य केही समस्या भयो भने अस्पताल दाैडाइहाल्नु पर्ने अवस्था रहेको उनकाे भनाइ छ।

अहेब अञ्जनीकुमार पोखरेलले २०७५ माघमा राजीनामा दिएपछि  उक्त दरबन्दीमा हालसम्मस्वास्थ्यकर्मी नियुक्त गरिएको छैन।  जिल्ला प्रशासन कार्यालय मोरङमा जानकारी गराए पनि सुनुवाइ नभएको निमित्त जेलर पोखरेलले बताए ।

क्षमताभन्दा बढी कैदीबन्दी कोचेर राखिएका कारण कारागारकाअधिकांश कैदीबन्दीमा श्वासप्रश्वास र छालाको देखिने गरेकाे छ ।  स्वास्थ्यकर्मीको अभावमा सामान्य समस्यामा अस्पताल दौडाइहाल्नुपर्ने अवस्था त छँदैछ, नियमित रूपमा औषधि खाइरहनुपर्ने अन्य बिरामीलाई दिनुपर्ने औषधि ल्याउन र ख्वाउन समेत समस्या छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार