Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्कीको उम्मेदवारी

चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्कीको उम्मेदवारी

काठमाडौं : नेपाल चिकित्सक संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा. लोचन कार्कीले उम्मेदवारी दिने भएका छन्।

वर्तमान कार्यसमितिमा महासचिव समेत रहेका डा. कार्कीलाई सो समूहबाट आधिकारिक रूपमा अध्यक्षमा उठाउने निर्णय गरिएको हो

संघको अध्यक्षका लागि प्रजातान्त्रिक समूहबाट डा. कार्कीसँगै डा. भूपेन्द्र बस्नेतको समेत दाबेदारी परेपछि उम्मेदवार छान्नका लागि संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो। बिहीबार बसेको उक्त समितिको बैठकले कार्कीलाई आधिकारीक उम्मेदवार बनाउने निर्णय गरेको हो।

संघको अध्यक्षकै लागि नेकपा निकट डा. पुष्पमणि खरालले उम्मेद्वारी घोषणा गरिसकेका छन्। संघको चुनाव आगामी माघमा हुँदैछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार