वरिष्ठ मुटुरोग विशेषज्ञ पाण्डेले मधुमेही समाजलाई एक कराेड रूपैयाँ दिने
काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र–सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले नेपाल मधुमेही समाजकाे भवन निर्माणका लागि एक कराेड रूपैयाँ सहयाेग गर्ने भएका छन्।
काठमाडाैंमा बिहीबार आयाेजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
महानगरप्रमुख शाक्यले समाजका लागि आवश्यकपर्ने सहयाेग उपलब्ध गराउने भन्दै यसका लागि जमिन खोज्न आग्रह गरे। डा. पाण्डेले चिनीरोगीको सङ्ख्या बढ्दो क्रममा रहेकाले सचेतनाका कार्यक्रम बढाउनुपर्ने बताए।
समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गरे। समाजले नबहिल, ओमबहालमा रहेकाे कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।
रासस





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा