Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वरिष्ठ मुटुरोग विशेषज्ञ पाण्डेले मधुमेही समाजलाई एक कराेड रूपैयाँ दिने

वरिष्ठ मुटुरोग विशेषज्ञ पाण्डेले मधुमेही समाजलाई एक कराेड रूपैयाँ दिने

काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र–सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले नेपाल मधुमेही समाजकाे भवन निर्माणका लागि एक कराेड रूपैयाँ सहयाेग गर्ने भएका छन्।

काठमाडाैंमा बिहीबार आयाेजित कार्यक्रममा  महानगरपालिकाका प्रमुख  विद्यासुन्दर शाक्यले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

महानगरप्रमुख शाक्यले समाजका लागि आवश्यकपर्ने सहयाेग उपलब्ध गराउने भन्दै यसका लागि जमिन खोज्न आग्रह गरे। डा. पाण्डेले चिनीरोगीको सङ्ख्या बढ्दो क्रममा रहेकाले सचेतनाका कार्यक्रम बढाउनुपर्ने बताए।

समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गरे। समाजले नबहिल, ओमबहालमा रहेकाे कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार