प्रजनन अधिकारमा समर्थन जनाउन अन्तर्राष्ट्रिय समुदायसँग मन्त्री थापाकाे आग्रह
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यलाई पूर्णता दिन र प्रजनन अधिकारमा समर्थन जनाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छिन्।
जनसङ्ख्या तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी)को २५औँ वार्षिकोत्सवका अवसरमा नैरोबीमा आयोजित ‘नैरोबी शिखर सम्मेलन’ लाई बुधबार सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग यस्तो आग्रह गरेकी हुन्।
उनले महिला र बालबालिकामाथिको हिंसा नियन्त्रण, बाल विवाह तथा जबरर्जस्ती विवाह र मातृ मृत्युदर अन्त्यका लागि सहयोग गर्नसमेत अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय साझेदार निकायलाई आग्रह गरिन्।
किशोर–किशोरी मैत्री सेवा, यौनिक शिक्षा विस्तार, युवावर्गलाई आफ्नो प्रजनन अधिकारको पूर्ण उपयोग सुनिश्चित गराउन र तिनको स्वास्थ्य र समृद्धिका लागि नेपाल सरकारले प्राथमिकता दिएको मन्त्री थापाले बताएको मन्त्रालयले जनाएको छ।
केन्या र डेनमार्क सरकार तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) द्वारा नैरोबीमा आयोजित सम्मेलन कात्तिक २६ देखि शुरू भएकाे हाे। सम्मेलन बिहीबार सम्पन्न हुँदैछ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै