हेलिकाेप्टरबाट गर्भवतीकाे उद्धार
जाजरकोट : छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ। चिकित्सकले सुत्केरी हुने मिति यही कात्तिक २५ गतेका लागि दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरी उनलाई सुर्खेत लगिएको हाे।
स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा कामीलाई सुर्खेतस्थित वीरेन्द्रनगर प्रदेश अस्पतालमा भर्ना गरिएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित