Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

हेलिकाेप्टरबाट गर्भवतीकाे उद्धार

हेलिकाेप्टरबाट गर्भवतीकाे उद्धार

जाजरकोट : छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ। चिकित्सकले सुत्केरी हुने मिति यही कात्तिक २५ गतेका लागि दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरी उनलाई सुर्खेत लगिएको हाे।

स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा कामीलाई सुर्खेतस्थित वीरेन्द्रनगर प्रदेश अस्पतालमा भर्ना गरिएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार