मधुमेह दिवसका अवसरमा अल्कामा निशुल्क स्वास्थ्य शिविर
ललितपुर : अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरका निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टरको सहयाेगमा बिहीबार अल्काले शिविर आयोजना गरेको हो। बिहान साढे ९ बजे शुरु भएको शिविर अपराह्न ४ बजेसम्म चल्ने अस्पतालले जनाएको छ।
दिवसकाे अवसर पारेर अस्पतालले बिहीबार बिहान र्याली निकालेको थियाे। अस्पतालबाट निस्किएको र्याली जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार र पुल्चोक पुगी पुनः अस्पताल परिसरमा आएर सम्पन्न भएकाे थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा