मधुमेह दिवसमा मेट्रो अस्पतालको प्रभातफेरी
काठमाडाैं : आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। दिवसको अवसरमा काठमाडौंको मेट्रो काठमाडौं अस्पतालले प्रभातफेरी कार्यक्रम गरेको छ। अस्पतालबाट निस्किएको र्याली शहीद गंगालाल अस्पताल पुगेर शिक्षण अस्पताल हुँदै पुनः अस्पतालमै आएर टुंगिएको थियो।
प्रभातफेरीपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहका बिरामीले यस राेगलाइ बेलैमा व्यवस्थापन गर्नुपर्नेमा जाेड दिइन्। यसका साथै परिवारको साथ महत्त्वपूर्ण हुने पनि उनले बताइन्। उनले मधुमेहलाई बेलैमा उपचार नगरे थप जटिलता ल्याउने हुँदा यसमा बेलैमा सजग हुन पनि आग्रह गरिन्। यसपटककाे नारा ‘परिवार र मधुमेह’ रहेकाे छ ।
कार्यक्रममा विभिन्न संघसंस्थका प्रतिनिधि स्वास्थ्यकर्मी एवं बिरामीको उपस्थिति थियो। दिवसको अवसर पारेर अस्पतालले एक सातासम्म निशुल्क सुगर जाँच एवं अन्य जाँचमा छुट राखेको अस्पतालका मुख्य कार्यकारी अधिकृत टोपेन्द्रप्रकाश वलीले जानकारी दिए।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण