Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेह दिवसमा मेट्रो अस्पतालको प्रभातफेरी

मधुमेह दिवसमा मेट्रो अस्पतालको प्रभातफेरी

काठमाडाैं : आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस। दिवसको अवसरमा काठमाडौंको मेट्रो काठमाडौं अस्पतालले प्रभातफेरी कार्यक्रम गरेको छ। अस्पतालबाट निस्किएको र्‍याली शहीद गंगालाल अस्पताल पुगेर शिक्षण अस्पताल हुँदै पुनः अस्पतालमै आएर टुंगिएको थियो।

प्रभातफेरीपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहका बिरामीले यस राेगलाइ बेलैमा व्यवस्थापन गर्नुपर्नेमा जाेड दिइन्।  यसका साथै परिवारको साथ महत्त्वपूर्ण हुने पनि उनले बताइन्। उनले मधुमेहलाई बेलैमा उपचार नगरे थप जटिलता ल्याउने हुँदा यसमा बेलैमा सजग हुन पनि आग्रह गरिन्। यसपटककाे नारा ‘परिवार र मधुमेह’ रहेकाे छ ।

कार्यक्रममा विभिन्न संघसंस्थका प्रतिनिधि स्वास्थ्यकर्मी एवं बिरामीको उपस्थिति थियो। दिवसको अवसर पारेर अस्पतालले एक सातासम्म निशुल्क सुगर जाँच एवं अन्य जाँचमा  छुट राखेको अस्पतालका मुख्य कार्यकारी अधिकृत टोपेन्द्रप्रकाश वलीले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार