Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बच्चालाई सानैदेखि धेरै र अस्वस्थकर खाना खुवाउँदा पनि मधुमेहको जोखिम

बच्चालाई सानैदेखि धेरै र अस्वस्थकर खाना खुवाउँदा पनि मधुमेहको जोखिम

पछिल्लो समय नेपालमा कम उमेरमै मधुमेह हुने बिरामीको संख्या बढ्दै गएको चिकित्सकले बताएका छन्।

मधुमेह रोग विशेषज्ञ डा.ज्योति भट्टराई अनुसार खानेकुरामा सानै बेलादेखि ध्यान नदिँदा र पर्याप्त व्यायाम नगर्दा पनि यो रोग लाग्न सक्ने जोखिम बढ्न सक्छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा मधुमेहका बिरामीको संख्या ९.१ प्रतिशत देखिएको भन्दै उनले यसबारे सचेत रहनुपर्ने अवस्था आइसकेको बताइन्।

‘भारतमा पनि ८.४ प्रतिशत जनसंख्यामा मधुमेह देखिएको छ, अमेरिकामा पनि लगभग त्यस्तै छ। हाम्रोमा चाहिँ बढी हुनु भनेको आफैँमा ठूलो समस्या हो’, उनले भनिन्।

पछिल्लो समय कम उमेरमै मधुमेहका बिरामीको संख्या धेरै हुन थालेकाले त्यसबाट जोगिनको लागि बालबालिकालाई ‘जङ्क फुड’ को साटो प्राकृतिक कुरा खान दिने र मोबाइल तथा कम्प्युटर कम चलाउन दिनुपर्ने बताइन्।

त्यसबाहेक बच्चालाई धेरै खानेकुरा कोच्याएर खुवाउने गरिएकाले पनि पछि गएर मधुमेहको जोखिम रहने उनले बताइन्।

चिकित्सकलाई देखाउन कतिबेला जाने?

‘३० वर्षपछि अनिवार्य वर्षमा एक पटक लक्षण नै नभए पनि डाक्टरलाई देखाउनुपर्छ’, उनले भनिन्, ‘त्यसबाहेक मुख सुक्खा भएमा, आँखा धमिलो भएमा, ताैल घट्दै गएमा, पिसाब लागिरहने समस्या भएमा, घाउ निको नभएमा उपचार गर्न जानुपर्छ।’,

बेलैमा उपचार नभए मधुमेहका कारण आँखा नदेख्ने, मिर्गौला रोग, मुटुरोग लाग्ने, पक्षाघात हुने, खुट्टा काट्नुपर्ने जस्ता जटिलताहरू आउनसक्ने उनले बताइन्।

बीबीसी नेपालीबाट

थप समाचार