Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसी अस्पताल भर्ना

डा. केसी अस्पताल भर्ना

धनगढी : सत्रौँ अनशन नवौं दिनमा स्थगन गरी मधेश पुगेका प्रा.डा. गोविन्द केसी उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्। डडेल्धुराबाट साँझ धनगढी पुगेका उनलाई जाँच गरेपछि चिकित्सकहरूले अस्पतालमै बस्न सुझाव दिएका हुन्।

उपचारमा संलग्न डाक्टरहरूले डा. केसीलाई आरामको आवश्यक्त्रा रहेको जनाएका छन्। अनशनका कारण उनको स्वास्थ्यमा समस्या देखिएको चिकित्सकको भनाइ छ।

अस्पतालबाटै डा. केसीले जनताको स्वास्थ्यसँग जोडिएका मुद्दालाई गम्भीरता लिई आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे। भारतले भूमि मिचेकाे विषयमा चलिरहेको देशव्यापी आन्दोलनलाई समर्थन गर्दै अनशन स्थगन गरे पनि माग सम्बोधन नभए पुनः अनशन बस्ने चेतावनी उनले दिए।

सेतीमा उपचार सकिएपछि मात्र उनी काठमाडौं फर्किने बताइएको छ।

फाइल फाेटाे

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार