दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले लिए सेवा
रुकुमपूर्व : सिस्ने गाउँपालिका–५ रुकुमकोटमा सञ्चालन गरिएको दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले सेवा लिएका छन्।
मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा जिल्लाका तीनवटै स्थानीय तहका नागरिकले सेवा लिएका हुन् । शिविरमा २३७ जनाको सामान्य आँखा जाँच गरिएको र ४४ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका कार्यालय प्रमुख सञ्जय पाठकले बताए।
आर्थिक स्थिति कमजोर भएका र जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्थाका व्यक्तिलाई लक्ष्य गरी शिविर सञ्चालन गरिएको उनले बताए।
न्याव आइकेर नर्वेको आर्थिक, नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग तथा सिस्ने गाउँपालिका र सिस्ने शिक्षा क्याम्पस रुकुमकोटको व्यवस्थापनमा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जनाएको छ।
शिविरमा राप्ती आँखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा. सुरेश रसाइलीसहित १५ जनाको टोलीले सेवा दिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण