Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले लिए सेवा

दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले लिए सेवा

रुकुमपूर्व : सिस्ने गाउँपालिका–५ रुकुमकोटमा सञ्चालन गरिएको दुईदिने निःशुल्क आँखा शिविरमा २३७ जनाले सेवा लिएका छन्।

मंगलबार र बुधबार गरी दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा जिल्लाका तीनवटै स्थानीय तहका नागरिकले सेवा लिएका हुन् । शिविरमा २३७ जनाको सामान्य आँखा जाँच गरिएको र ४४ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्रका कार्यालय प्रमुख सञ्जय पाठकले बताए।

आर्थिक स्थिति कमजोर भएका र जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्थाका व्यक्तिलाई लक्ष्य गरी शिविर सञ्चालन गरिएको उनले बताए।

न्याव आइकेर नर्वेको आर्थिक, नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोग तथा सिस्ने गाउँपालिका र सिस्ने शिक्षा क्याम्पस रुकुमकोटको व्यवस्थापनमा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जनाएको छ।

शिविरमा राप्ती आँखा अस्पतालका वरिष्ठ आँखारोग विशेषज्ञ डा. सुरेश रसाइलीसहित १५ जनाको टोलीले सेवा दिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार