Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य केन्द्र एक महिनादेखि चिकित्सकविहीन

स्वास्थ्य केन्द्र एक महिनादेखि चिकित्सकविहीन

रोल्पा : होलेरी बजारमा रहेको होलेरी प्राथमिक स्वास्थ्य केन्द्र एक महिनादेखि चिकित्सकविहीन रहँदा स्थानीय मारमा परेका छन्।चिकित्सकको अभावमा उपचार र एक्सरे तथा भिडियो एक्सरे सेवा लगायत आवस्यक सेवा प्रभावित भएको छ।

कार्यरत डाक्टर कर्मचारी समायोजनका कारण सरुवा भएर अन्यत्रै गएको र आउनु पर्ने डाक्टर समयमा नआउँदा समस्या भएको स्वास्थ्य केन्द्रले जनाएको छ। बिरामीहरूलाई उचित स्वास्थ्य सेवा र सबै औषधि दिन नसकेको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख बुद्धिजीवी सिजवालले स्वीकार गरे।

गाउँपालिकामा चालु आर्थिक बर्षको बजेट निकासीमा ढिलाइ भएकोले समयमा औषधि खरिद गर्न नसकेको स्वास्थ्य संयोजक गणेशबहादुर बुढाले बताए। चिकित्सककाे विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको उनकाे भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि