Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका कर्मचारी माग

स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका कर्मचारी माग

काठमाडाैं : लोकसेवा आयोगले  स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदमा कर्मचारी माग गरेको छ। बुधवार विज्ञापन प्रकाशन गरी आयोगले स्वास्थ्य सेवामा पनि आवेदन माग गरेको हो ।

स्वास्थ्य सेवाको आठौँ तह डेण्टल सर्जन (मधेशी) एकजना माग गरिएकाे छ। सातौँ तहमा नर्सिङ अधिकृत  (महिला)  एक र कम्युनिटी नर्सिङ अधिकृत (खुला) एक  र स्वास्थ्य शिक्षा अधिकृत (पिछडिएको क्षेत्र) एकजना माग गरिएकाे छ।

यस्तै फिजियोथरापिष्ट आदिवासी जनजातितर्फ एक र दलिततर्फ एकजना माग गरिएकाे छ। फार्मेसी अधिकृत आ. प्र. १, आदिवासी जनजाति १, खुला चार, दलित एक, महिला एक र  मधेशी एकजना माग गरिएकाे छ।

यस्तै जनस्वास्थ्य अधिकृत आ. प्र. एक, खुला दुई, महिला एक र मधेशी एकजना माग गरिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार