Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुत्केरीकाे मृत्यु

सुत्केरीकाे मृत्यु

म्याग्दी : धौलागिरि गाउँपालिका–२ लुलाङमा एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार अपराह्न ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले जानकारी दिएका हुन्। विकले जन्माएको छोराको अवस्था भने सामान्य छ।

प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो। विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माएकी थिइन्। मंगलबार बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रूपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताए।

धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएकी थिइन्। ‘पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आयो’, गाउँपालिका अध्यक्ष पुनले भनिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार