सुत्केरीकाे मृत्यु
म्याग्दी : धौलागिरि गाउँपालिका–२ लुलाङमा एक सुत्केरीको मृत्यु भएको छ। मंगलबार अपराह्न ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले जानकारी दिएका हुन्। विकले जन्माएको छोराको अवस्था भने सामान्य छ।
प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो। विकले सोमबार राति लुलाङ स्वास्थ्यचौकीमा बच्चा जन्माएकी थिइन्। मंगलबार बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रूपमा बेहोस भएपछि आफन्तले स्वास्थ्यचौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्य भएको वडाध्यक्ष विकले बताए।
धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएकी थिइन्। ‘पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आयो’, गाउँपालिका अध्यक्ष पुनले भनिन्।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै