‘अफ्रिकन स्वाइन फिवर’ फैलिने आशंकापछि मारिए ४७ हजार सुँगुर
‘अफ्रिकन स्वाइन फिवर’ फैलिने खतरा बढेपछि दक्षिण कोरियामा ४७ हजार सुँगुर मारिएका छन्।
रोगको त्रासले दक्षिण कोरिया प्रशासनले यति ठूलो संख्यामा सुँगुर मार्न लगाएको हो। सुँगुर मारिएपछि उत्तर कोरिया र दक्षिण कोरियाको सीमा नजिकै रहेको नदी इमजिन रगतले राताम्य भएको बीबीसीले जनाएको छ।
मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ साइडमा गाडिएको थियो। तर वर्षाका कारण त्यहाँबाट रगत बगेर नजिकै रहेको इमजिन नदीमा मिसिएको हो।
अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो। संक्रमित सुँगुर जीवित रहने सम्भावना हुँदैन। तर मानिसमा यसको संक्रमणको खतरानहुने बताइएको छ।
यो रोग फैलिएपछि चीन, भियतनाम र फिलिपिन्सलगायत एसियाका देश प्रभावित भएका छन्। यसैका कारण चीनमा मात्रै १२ लाख सुँगुर मारिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण