Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘अफ्रिकन स्वाइन फिवर’ फैलिने आशंकापछि मारिए ४७ हजार सुँगुर

‘अफ्रिकन स्वाइन फिवर’ फैलिने आशंकापछि मारिए ४७ हजार सुँगुर

‘अफ्रिकन स्वाइन फिवर’ फैलिने खतरा बढेपछि दक्षिण कोरियामा ४७ हजार सुँगुर मारिएका छन्।

रोगको त्रासले दक्षिण कोरिया प्रशासनले यति ठूलो संख्यामा सुँगुर मार्न लगाएको हो। सुँगुर मारिएपछि उत्तर कोरिया र दक्षिण कोरियाको सीमा नजिकै रहेको नदी इमजिन रगतले राताम्य भएको बीबीसीले जनाएको छ।

मारिएका सुँगुरलाई सीमा नजिकैको डम्पिङ साइडमा गाडिएको थियो। तर वर्षाका कारण त्यहाँबाट रगत बगेर नजिकै रहेको इमजिन नदीमा मिसिएको हो।

अफ्रिकन स्वाइन फिवर अति संक्रामक र उपचार सम्भव नभएको रोग हो। संक्रमित सुँगुर जीवित रहने सम्भावना हुँदैन। तर मानिसमा यसको संक्रमणको खतरानहुने बताइएको छ।

यो रोग फैलिएपछि चीन, भियतनाम र फिलिपिन्सलगायत एसियाका देश प्रभावित भएका छन्। यसैका कारण चीनमा मात्रै १२ लाख सुँगुर  मारिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार