‘मानसिक स्वास्थ्यमा अध्ययन अनुसन्धान जरुरी’
काठमाडौं: मानसिक स्वास्थ्य सम्बन्धी समस्या कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने रणनिती बनाउन राजधानीमा छलफल भएको छ । ग्रुप फर टेक्निकल असिस्टेन्स र हेनरी फोर्ड हेल्थ सिस्टमद्धारा संयुत्त रुपमा आयोजित कार्यक्रममा विज्ञहरुविच छलफल भएको हो ।
कार्यक्रममा मानसिक स्वास्थ्यमा काम गरिरहेका संस्था एवं विज्ञहरुले अहिले गरिेरेका काम र देखिएका चुनौतिकाबारेमा प्रस्तुतीकरण राखेका थिए । उनीहरुले मानसिक स्वास्थ्यका क्षेत्रमा निकै काम भएको भए पनि अझै धेरै चुनौतीहरु रहेको जिकीर गरे ।
कार्यक्रममा ग्रुप फर टेक्निकल असिस्टेन्सका कार्यक्रम निर्देशक क्षितीज कार्कीले मानसिक स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान निकै कम भएको भन्दै अब त्यतातर्फ लाग्नुपर्ने बताए । यसैगरी हेनरी फोर्डका प्रतिनिधी एलेक्सजेन्डरले मानसिक स्वास्थ्य विश्वकै समस्या भएकाले सबै देश मिलेर काम गनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न संघसंस्थामा कार्यरत विज्ञहरुको सहभागिता थियो भने सभाईभरले आफनो अनुभव सुनाएका थिए





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा