‘मानसिक स्वास्थ्यमा अध्ययन अनुसन्धान जरुरी’
काठमाडौं: मानसिक स्वास्थ्य सम्बन्धी समस्या कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने रणनिती बनाउन राजधानीमा छलफल भएको छ । ग्रुप फर टेक्निकल असिस्टेन्स र हेनरी फोर्ड हेल्थ सिस्टमद्धारा संयुत्त रुपमा आयोजित कार्यक्रममा विज्ञहरुविच छलफल भएको हो ।
कार्यक्रममा मानसिक स्वास्थ्यमा काम गरिरहेका संस्था एवं विज्ञहरुले अहिले गरिेरेका काम र देखिएका चुनौतिकाबारेमा प्रस्तुतीकरण राखेका थिए । उनीहरुले मानसिक स्वास्थ्यका क्षेत्रमा निकै काम भएको भए पनि अझै धेरै चुनौतीहरु रहेको जिकीर गरे ।
कार्यक्रममा ग्रुप फर टेक्निकल असिस्टेन्सका कार्यक्रम निर्देशक क्षितीज कार्कीले मानसिक स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान निकै कम भएको भन्दै अब त्यतातर्फ लाग्नुपर्ने बताए । यसैगरी हेनरी फोर्डका प्रतिनिधी एलेक्सजेन्डरले मानसिक स्वास्थ्य विश्वकै समस्या भएकाले सबै देश मिलेर काम गनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न संघसंस्थामा कार्यरत विज्ञहरुको सहभागिता थियो भने सभाईभरले आफनो अनुभव सुनाएका थिए
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र