Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा. केसीद्वारा अनशन स्थगन, देशमा चलिरहेको आन्दोलनलाई समर्थन

डा. केसीद्वारा अनशन स्थगन, देशमा चलिरहेको आन्दोलनलाई समर्थन

काठमाडौं  : डा. गोविन्द केसीले आमरण अनशन स्थगन गरेका छन्। देशमा सीमा विवादको मुद्दामा बहस भइरहेकाले अनशन स्थगन गरेको उनले बताएका छन्।

राष्ट्रियताको विषयमा देशभरमा आवाज उठिरहेकाले त्यो संवेदनालाई हृदयंगम गर्दै सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘भारतले जारी गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रस्थित लिम्पियाधुरासम्मको भू–भाग समेटिएको छ। यो समाचारले अरु नेपालीजस्तै म पनि स्तब्ध छु,’ उनले भनेका छन्, ‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा जनस्तरबाट देशभर आवाज उठिरहँदा उहाँहरूको संवेदनालाई मनन गर्दै हाल जारी सत्याग्रह स्थगन गर्ने निर्णय गरेका छौँ।’

‘आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो’,विज्ञप्तिमा भनिएको छ, ‘तर सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन।’

डा.केसीले सत्रौँ पटकको अनशन नौ दिनमा स्थगित गरेका हुन्। डडेल्धुरा पुगेर उनले यही कात्तिक १८ गते अनशन शुरु गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार