डा. केसीद्वारा अनशन स्थगन, देशमा चलिरहेको आन्दोलनलाई समर्थन
काठमाडौं : डा. गोविन्द केसीले आमरण अनशन स्थगन गरेका छन्। देशमा सीमा विवादको मुद्दामा बहस भइरहेकाले अनशन स्थगन गरेको उनले बताएका छन्।
राष्ट्रियताको विषयमा देशभरमा आवाज उठिरहेकाले त्यो संवेदनालाई हृदयंगम गर्दै सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको डा. केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘भारतले जारी गरेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमाक्षेत्रस्थित लिम्पियाधुरासम्मको भू–भाग समेटिएको छ। यो समाचारले अरु नेपालीजस्तै म पनि स्तब्ध छु,’ उनले भनेका छन्, ‘राष्ट्रियता जस्तो संवेदनशील विषयमा जनस्तरबाट देशभर आवाज उठिरहँदा उहाँहरूको संवेदनालाई मनन गर्दै हाल जारी सत्याग्रह स्थगन गर्ने निर्णय गरेका छौँ।’
‘आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो’,विज्ञप्तिमा भनिएको छ, ‘तर सत्तामा हुनेहरूले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्युत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन।’
डा.केसीले सत्रौँ पटकको अनशन नौ दिनमा स्थगित गरेका हुन्। डडेल्धुरा पुगेर उनले यही कात्तिक १८ गते अनशन शुरु गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण