Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा‍‍. केसीको जीवनरक्षाका लागि मेडिकल विद्यार्थीकाे प्रदर्शन

डा‍‍. केसीको जीवनरक्षाका लागि मेडिकल विद्यार्थीकाे प्रदर्शन

काठमाडौं:  चिकित्सा क्षेत्रको सुधारकाे माग राख्दै अनशरत डा. गोविन्द केसीको पक्षमा चिकित्सा शास्त्र अध्ययन संस्थानका चिकित्सक तथा विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका छन्।

उनीहरुले सरकारलाई डा केसीको ज्यान बचाउन आग्रह गर्दै प्रदर्शन गरेका हुन्। चिकित्सक तथा विद्यार्थीहरुले नारा लगाउँदै शिक्षण अस्पतालदेखि महाराजगंज चोकसम्म पुगेर फर्किएक थिए । उनीहरुले अस्पतालमा कोणसभा समेत  गरे।

उनीहरुले डा केसीको अनशनको नवौं दिन भइसक्दा पनि सरकारले वार्ता शुरु नगरेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भए पनि सरकारले उनको माग सम्बोधनका लागि वार्ताको समेत पहल गरेको छैन्। बरु आइतबार उनलाई काठमाडौं ल्याउन भन्दै सरकारले हेलिकोप्टर पठाएको थियो ।  डा केसी भने माग पूरा नभएसम्म नआउने अडानमा रहेपछि हेलिकोप्टर रित्तै फर्किएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार