डा. केसीको जीवनरक्षाका लागि मेडिकल विद्यार्थीकाे प्रदर्शन
काठमाडौं: चिकित्सा क्षेत्रको सुधारकाे माग राख्दै अनशरत डा. गोविन्द केसीको पक्षमा चिकित्सा शास्त्र अध्ययन संस्थानका चिकित्सक तथा विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गरेका छन्।
उनीहरुले सरकारलाई डा केसीको ज्यान बचाउन आग्रह गर्दै प्रदर्शन गरेका हुन्। चिकित्सक तथा विद्यार्थीहरुले नारा लगाउँदै शिक्षण अस्पतालदेखि महाराजगंज चोकसम्म पुगेर फर्किएक थिए । उनीहरुले अस्पतालमा कोणसभा समेत गरे।
उनीहरुले डा केसीको अनशनको नवौं दिन भइसक्दा पनि सरकारले वार्ता शुरु नगरेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भए पनि सरकारले उनको माग सम्बोधनका लागि वार्ताको समेत पहल गरेको छैन्। बरु आइतबार उनलाई काठमाडौं ल्याउन भन्दै सरकारले हेलिकोप्टर पठाएको थियो । डा केसी भने माग पूरा नभएसम्म नआउने अडानमा रहेपछि हेलिकोप्टर रित्तै फर्किएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण