Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘एपेन्डिक्स’को शल्यक्रिया गर्दा  किशाेरीकाे मृत्यु

‘एपेन्डिक्स’को शल्यक्रिया गर्दा  किशाेरीकाे मृत्यु

गुल्मी : रोग पहिचान नगरी शल्यक्रिया गर्दा  रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ।

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नसा फुटेर रगत बगेकोे अस्पतालले बबताएको छ।

लुम्बिनीमा थप उपचार हुन नसक्ने भएपछि चिकित्सकसहितको टोलीसँग भैरहवा मेडिकल कलेजमा उपचारका लागि बिरामीलाई लगिएको थियो। शनिबार सामान्य बिरामी भएपछि लक्ष्मीलाई उपचारका लागि पाल्पा ल्याइएको थियाे। आइतबार बिरामीको शल्यक्रिया गर्दागर्दै उनकाे मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले बताइन्। डाक्टरको लापरवाहीका कारण छोरीको मृत्यु भएको उनको दाबी छ।

एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नसा फुटेर रगत जमेको थियो। जमेको रगत हटाइयो। नसा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको कलेजका वरिष्ठ सर्जर डा. राजकुमार क्षेत्रीले बताए।

कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए। पीडित र अस्पतालबीच सहमतिका लागि पटक–पटक वार्ता भएको छ। मृतकको शव भैरहवास्थित कलेजमा छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार