निःशुल्क आँखा शिविरमा ३९ जनाको मोतियाविन्दु शल्यक्रिया
धादिङ : गङ्गाजमुना गाउँपालिका– ५ स्थित फुलखर्कमा तीनदिने निःशुल्क आँखा शिविरमा ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ।
फुलखर्क स्वास्थ्यचौकीमा शुक्रबारदेखि सञ्चालन गरिएको तीन दिने शिविरमा ३८२ को साधारण आँखा जाँच र ३९ को मोतियाविन्दुको शल्यक्रिया गरिएको निःशुल्क आँखा शिविर सञ्चालन समितिका संयोजक नवराज अधिकारीले बताए।
आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका डा. कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. कमलबहादुर खड्का सहभागी शिविरमा बिरामीलाई कालो चस्मा र खान जाउलो निःशुल्क वितरण गरिएको थियो।
फूलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाइटी फूलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा