नर्सले औँला काटिदिँदा नवजात शिशुको मृत्यु
भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालमा नर्सले औँला काटिदिँदा नवजात शिशुको मृत्यु भएको छ।
सरकारी अस्पतालमा जन्मिएका ती शिशुको हातमा ६–६ वटा औँला थिए। नर्सले एक–एकवटा औँला काटिदिएलगत्तै शिशुको मृत्यु भयो। बालकका पिताले नर्स विद्यादेवीविरुद्ध मुद्दा दर्ता गरेका छन्।
भारतीय सञ्चारमाध्यममा आएको समाचारअनुसार शनिबार राति प्रसव पीडा भएपछि लक्ष्मी नामकी महिलालाईसामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा भर्ना गरिएको थियो। आइतबार बिहान उनले छोरा जन्माएकी थिइन्।
लक्ष्मीका श्रीमानले महिला स्वास्थ्यकर्मी विद्याले बालकको औँला काटिदिएपछि मृत्यु भएको आरोप लगाएका छन्।
नर्सविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अस्पतालका डाक्टर एसके रावतले बालकको औँला काट्नका लागि परिवारको सहमति लिएको नलिएको अनुसन्धान गरिने बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण