पाठेघर खसेका ११ महिलाकाे शल्यक्रिया
खाेटाङ : पाठेघर खस्ने समस्या भएका ११ महिलाको मा निःशुल्क शल्यक्रिया गरिएको छ। लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पतालमा निःशुल्क शल्यक्रिया गराइएको हो ।
जिल्लामा महिला प्रजनन अधिकारसम्बन्धी काम गर्दै आएको वातावरणीय कृषि तथा विकास केन्द्र (केड)ले ऐसेलुखर्क गाउँपालिकाका आठ महिलाको शल्यक्रिया गराएको छ। यस्तै, रावाबेँसी गाउँपालिकाका दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक महिलालाई काठमाडौँ जान–आउन तथा खान–बस्नको व्यवस्था मिलाइदिएको हो।
‘जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौँ पठाइएको थियो’, उनले भने, ‘अहिले उनीहरू एघारै जना सफल शल्यक्रिया भएर घर फर्किने तयारीमा छन्।’ काठमाडौँमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एसाेसिएसन नेपाल (कोसन)ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए। संयोजक श्रेष्ठका अनुसार रावाबेँसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करिब २१ प्रतिशत छन्।
उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिएको साझेदारी संस्था हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा