Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पोखरामा आँखादान गर्न ५० जनाले जनाए प्रतिबद्धता

पोखरामा आँखादान गर्न ५० जनाले जनाए प्रतिबद्धता

कास्की : पोखरामा बुधबार बिहान आँखादान कार्यक्रम सञ्चालन हुने भएको छ।

मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले बताए।

आँखादान गरेर दृष्टिविहीनलाई संसार देखाउने अभियानलाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए।

‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो’, उनले भने, ‘अहिलेसम्म ५० जनाले आँखादानका लागि प्रतिबद्धता जनाएका छन्।’

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुन लागेकाे सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार