६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट
ललितपुर : नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ।
आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धूमपान र मद्यपानको बढ्दो प्रयोगका कारण प्रदेश ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको हाे।
नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेका निर्देशनालयका निर्देशक बद्रीबहादुर खड्काले बताए। नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमा १८ प्रतिशत मानिसमा मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ।
यसैगरी पुरुषको तुलनामा बढी महिलामा चिन्ता र निराशा रहने, नेपालको प्रदेश ५ को पाल्पामा बढी मानिस कालाज्वरको समस्याबाट पीडित भएका, नेपालमा १२ हजार ३७५ ले विपदमा ज्यान गुमाएका छन्। सो प्रदेशमा ५० प्रतिशत गर्भवतीले मात्र भिटामिन ‘ए’ खाएको र १३ प्रतिशतले रक्सीबाहेकका लागुपदार्थ सेवन गर्ने गरेका बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा