दिल्लीको वायु अझै पनि ‘अति प्रदूषित’
भारतको केन्द्रीय राजधानी दिल्लीमा सोमबार पनि वायुको अवस्था अति प्रदूषित छ।
सोमबारसहित लगातार पछिल्ला चारदिन दिल्लीको वायु अति प्रदूषित अवस्थामा रहेको अधिकारीहरूले जनाएका छन्।
वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरूले एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधानसचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदूषणको स्थितिमा दिल्ली, पञ्जाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग बैठक पनि गरेका थिए। बैठकले प्रदूषणको स्थितिमा लगातार निगरानी राख्ने निर्णय गरेको थियो।
प्रदुषण न्युनिकरणका लागि दिल्लीका विद्यालयहरू बन्द गर्ने घोषणा गरिएको थियो। प्रदूषण न्युनीकरणकै अर्को उपायका रूपमा अघिल्लो सोमबारदेखि दिल्लीमा सवारी साधनका लागि जोरबिजोर प्रणाली लागु गरिएको छ।
जोर बार जोर नम्बर भएका सवारी साधन र विजोर बार बिजोर नम्बर भएका सवारी साधन चल्न दिने व्यवस्था गरिएको थियो। यो नियम चारपाङ्ग्रे निजी सवारी साधनका लागी बाध्यकारी हुनेछ तर सार्वजनिक यातायातका साधन, एम्बुलेन्स, खानेपानी तथा अत्यावश्यक दैनिक उपभोगका सामान ढुवानी गर्ने गाडीका लागी नियम बाध्यकारी नहुने बताइएको छ।
जोर विजोर प्रणाली यही १५ नोभेम्बरसम्म लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा