डा केसी आउन नमानेपछि रित्तै फर्कियो हेलिकोप्टर
काठमाडौं: चिकित्सा शिक्षामा सुधारको माग राख्दै डडेल्धुरामा अनशनरत डा गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ ।
डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई लिन सरकारले सोमबार हेलिकोप्टर पठाएको थियो । तर डा केसीले काठमाडौं आउन नमानेपछि हेलिकोप्टर रित्तै फर्किएको हो ।
डा केसीको स्वास्थ्य अवस्था नाजुक बनेको र उनलाई सुविधासम्पन्न अस्पतालमा लान चिकित्सकहरुले सुझाव दिइरहेका छन्। तर उता डा केसीले भने आफना माग पूरा नभएसम्म सो स्थान छोडेर कहीं नजाने अडान लिएपछि उनलाई काठमाडौं ल्याउने सरकारकोे प्रयास असफल भएको हो ।
उनको अडानमा स्थानीयले पनि साथ दिएकाले काठमाडौं पठाउन नसकिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । डा केसी ८ दिनदेखि डडेल्धुरामा आमरण अनशनमा छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त