रकम फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिने अल्टिमेटम, नगरे ठगी मुद्दा
काठमाडौं : विद्यार्थीसँग बढी शुल्क असुलेर फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकहरुलाई सरकारले कारवाही गर्ने भएको छ।
सोमबार दिउँसो पत्रकार सम्मेलन गरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएका हुन्।
मन्त्री पोखरेलले १५ दिनभित्र विद्यार्थीहरूका गुनासाे सम्बोधन नभए ठगी मुद्दा चलाउने बताए। यसबारे शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई साेमबार नै पत्र लेखेर जानकारी गराउने पनि उनले बताए।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले ठगी गर्ने मेडिकल कलेजहरूलाई १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको उनकाे भनाइ छ।
निजी मेडिकल कलेज सञ्चालकहरूले भने निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने चेतावनी दिँदै आएका छन्। ‘तालाचाबी बुझाइदिन्छौँ’भनेको भरमा निजी मेडिकल कलेजहरूले उन्मुक्ति नपाउने नपाउने मन्त्री पोखरेलले बताए ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त