Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

रकम फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिने अल्टिमेटम, नगरे ठगी मुद्दा

रकम फिर्ता गर्न मेडिकल कलेज सञ्चालकलाई १५ दिने अल्टिमेटम, नगरे ठगी मुद्दा

काठमाडौं : विद्यार्थीसँग बढी शुल्क असुलेर फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकहरुलाई सरकारले कारवाही गर्ने भएको छ।

सोमबार दिउँसो पत्रकार सम्मेलन गरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएका हुन्।

मन्त्री पोखरेलले १५ दिनभित्र विद्यार्थीहरूका गुनासाे सम्बोधन नभए ठगी मुद्दा चलाउने बताए। यसबारे शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई साेमबार नै पत्र लेखेर जानकारी गराउने पनि उनले बताए।

मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले ठगी गर्ने मेडिकल कलेजहरूलाई १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको उनकाे भनाइ छ।

निजी मेडिकल कलेज सञ्चालकहरूले भने निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने चेतावनी दिँदै आएका छन्। ‘तालाचाबी बुझाइदिन्छौँ’भनेको भरमा निजी मेडिकल कलेजहरूले उन्मुक्ति नपाउने नपाउने मन्त्री पोखरेलले बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार