शिक्षामन्त्री पाेखरेलले डा. केसीलाई भने, अहिले अनशनकाे वेला हाेइन
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्।
मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले मुलुक अहिले कालापानीको बहसमा रहेको भन्दै अहिले अनशनको बाटो ठीक नरहेको बताएका हुन्। ‘सिंगो देश कालापानीको विषयमा एकताबद्ध ढंगले अघि बढिरहेको वेला डाक्टर सा’बले अनशनको बाटो लिने होइन’, उनले भने।
डा. केसीले उठाएका मुख्य मागहरू सम्बोधन भइरहेको मन्त्री पोखरेलले बताए। डा. केसीले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलको भनाइ छ।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका केसी ७ दिनदेखि डडेल्धुरामा अनशनमा बसेका छन्। स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले दिनहुँ प्रदर्शन गरिरहेका छन्।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त