Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चितवन मेडिकल कलेजमा विद्यार्थीले गरे अनिश्चितकालीन तालाबन्दी

चितवन मेडिकल कलेजमा विद्यार्थीले गरे अनिश्चितकालीन तालाबन्दी

चितवन : चितवन मेडिकल कलेजका विद्यार्थीहरूले कलेजमा तालाबन्दी गरेका छन्। अनावश्यक शुल्क फिर्ता गर्ने विषयमा विगतमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीसँग भएको सहमति कार्यान्वयन नभएसम्म ताला नखाेल्ने जनाइएको छ।

विद्यार्थीहरूको लामाे आन्दोलनपछि गत असोज ४ गते प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहवरमा विद्यार्थी, मेडिकल कलेज र अभिभावकबीच छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।

कलेज प्रशासन र समितिबीच कात्तिक १८ गतेभित्र अतिरिक्त र अवैधानिक शुल्क फिर्ता वा समायोजन गर्ने  भएको थियो। कलेजले भने शुल्क फिर्ता नगर्ने, समायोजन मात्रै गर्न सकिने प्रतिक्रिया दिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार