डेन्टल फेसियल सेन्टर सञ्चालनमा
कैलाली : धनगढीमा नेपाल डेन्टल फेसियल सेन्टर आइतबारदेखि सञ्चालनमा आएको छ।
डेन्टल फेसियल सेन्टर सञ्चालनसँगै यस क्षेत्रका बासिन्दाले डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्नका लागि काठमाडौँ अथवा भारत जानुपर्ने बाध्यता हट्ने भएको छ।
धनगढीमै कार्यरत पाँच जना डाक्टरको टिमले छ लाख रुपैयाँ लगानीमा नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरेको हो। धनगढीसहित सुदूरपश्चिम प्रदेशभर डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्ने सेन्टर नभएका बेला नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरिएको सञ्चालकमध्येका एक डाक्टर दीपक ठकुराठीले जानकारी दिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा