सुत्केरीलाई गाउँपालिका उपाध्यक्षको कोसेली : सेनेटेरी प्याडदेखि ज्वानाे र तेलसम्म
बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्ष्य गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ।
गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए।
कार्यक्रमका लागि गाउँपालिकाले चार लाख २० हजार रकम विनियोजन गरेको छ। उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ काट्ने र सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।
उपाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनकाे भनाइ छ।
दोगडाकेदार गाउँपालिकाका वडा नं ४, ५ र ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा