Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वेलैमा उपचार गरे हट्छ बहिरोपना, तर नगर्नुस् यस्ता गल्ती

वेलैमा उपचार गरे हट्छ बहिरोपना, तर नगर्नुस् यस्ता गल्ती

बढ्दो आधुनिकतासँगै अचेल बाहिर हिँड्ने क्रममा धेरैजसो मानिसहरू कानमा विभिन्न किसिमका यन्त्र लगाएर हिँड्छन्। पैदल हिँड्दा होस् या सवारीसाधन कुर्दा वा सवारीसाधनमा बस्दा पनि ‘इयरफोन’ लगाएर गीतसंगीत सुन्ने चलन छ। अझ कतिपयले त सवारीसाधन चलाउँदा पनि यसको प्रयोग गरेको देखिन्छ। सवारी दुर्घटनाको कारण त बन्छ नै यसले कानको समस्यासमेत निम्त्याउँछ।

यसैगरी कतिपयले घरमै पनि चर्को स्वरमा टीभी रेडियो तथा म्युजिक सिस्टमहरू बजाउने गरेको पाइन्छ। काठमाडौंजस्ता ठूला शहरमा बढ्दो जनघनत्वका कारण कोलाहल बढ्दो छ। यी विभिन्न कारणले मानिसहरूमा बहिरोपनाजस्ता कानका समस्या बढ्दो छ।

के हो बहिरोपना?

सुन्नसक्ने शक्ति क्षीण हुनुलाई बहिरोपना भनिन्छ। कोलाहलमा बस्ने, चर्को आवाजमा संगीत सुन्ने र धेरैजसो समय इयरफोनको प्रयोग गर्नेहरूको कानको नसामा खराबी आउँछ। कान कम सुन्दै जाने, इन्फेक्सन हुने, दुख्नेजस्ता समस्या आउँछ। सामान्य आवाजले बोलाउँदा नसुन्ने चर्को आवाजले बोलाउनुपर्ने अवस्था, टीभी, म्युजिक सिस्टम सानो नभई ठूलो आवाजले बजाउनुपर्ने अवस्था र मोबाइल फोन वा टेलिफोनमा पनि चर्को स्वरले बोलिदिनुपर्ने अवस्था पनि बहिरोपनको संकेत हुनसक्छ। किशोर, युवा र प्रौढ व्यक्तिले त यो समस्या भएको आफैँले महशुस गर्न सक्छन्। तर साना नानीहरूको सन्दर्भमा उनीहरूको गतिविधिबाट अभिभावकले अनुमान गरेर चिकित्सककहाँ लैजानुपर्छ।

कारण

बच्चाहरूमा कानको समस्या कसैकसैमा जन्मजातै पनि हुन्छ। कसैकसैमा विभिन्न हेलचेक्र्याइँको कारण पछि समस्या उत्पन्न हुन सक्छन्। कतिपयले चिकित्सकको सल्लाहविनै कानमा विभिन्न किसिमका औषधि वा तेल हाल्छन्। यसले पनि कानमा इन्फेक्सन गराउने सम्भावना हुन्छ। इन्फेकसनका कारण पनि बहिरोपन निम्तिन सक्छ। कानको जालीभित्र पानी जम्यो भने पनि समस्या हुन्छ। के कारण समस्या आएको हो भन्ने तय गर्न विशेषज्ञ चिकित्सककोमा पुग्नै पर्छ। कानमा आएका सानातिना समस्यालाई बेवास्ता गर्दा पछि बहिरोपनसम्मको स्थिति आउनसक्छ। बुझ्नैपर्ने कुरा के भने कानको समस्याले शरीरलाई मात्र प्रभाव पार्दैन, यसले दीर्घकालीन रूपमा मानसिक असर गर्छ। विशेषगरी साना नानीहरूको विशेष ख्याल राख्नुपर्छ। सानै उमेरमा कानसम्बन्धी समस्या आउँदा जीवनभर परिणाम भोग्नुपर्ने हुन्छ।

उपचार

दुईटै कानको नसा कमजोर भएको रहेछ भने हामी ‘एयर डिभाइस’ दिन्छौँ। श्रवणयन्त्र दिन्छौँ। यदि बच्चाले पटक्कै नसुन्ने अवस्था छ भने सर्जरीबाट उपचार गनुपर्ने हुन्छ। यसको उपचार नेपालमा पनि हुन्छ। कान सुन्ने बच्चाको क्षमता एकदमै कम छ भने ‘एअर डिभाइस’ लगाएर मात्र हुँदैन। त्यस्तो वेला सर्जरी गर्नुपर्ने हुनसक्छ। सर्जरीको धेरै खर्चिलो हुने कारण सामान्य आय भएका मानिसलाई समस्या हुन्छ। यस्ता केसमा अनुदान दिएर पनि बच्चाको उपचार गरिन्छ। कतिपय बहिरोपनाको उपचार औषधिको कारणले निको हुन्छ। कतिपय अवस्थामा इन्फेक्सन भएको छ, कानको हड्डीहरु खिइएको छ वा खुस्केको छ र कानको जाली प्वाल परेको छ भने शल्यक्रिया आवश्यक हुन्छ। समयमा नै चिकित्सकसँग परमर्श लिँदा वा उपचार गर्न सके यो समस्या निर्मूल पार्न सकिन्छ।

नेपालको सन्दर्भमा कानसम्बन्धी समस्यालाई बेवास्ता गरिने कारण बहिरोपनाका साथै शरीरमा अन्य समस्या सिर्जना हुन सक्छन्। कान निकै महत्त्वपूर्ण तथा संवेदनशील अंग भएकाले हेलचेक्र्याइँ गर्नु हुँदैन। कानको इन्फेक्सनको समस्यालाई सहज रूपले लिन हुँदैन। कानमा हुने सानातिना समस्या, जस्तै पाक्ने, दुख्ने हुँदा चिकित्सककोमा जानुपर्छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन