Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे विजयी

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे विजयी

काठमाडौं: नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए।

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए।
महासचिवमा दीपकराज भट्ट निर्वाचित भएका छन्। महासचिवमा भट्ट र शंकर कँडेल चुनावी मैदानमा थिए ।

यसैगरी महिला उपाध्यक्षमा रमिला चौलागाईं विजयी भएकी छिन्। उनले निरा निरौलालाई हराएकी हुन्। कोषाध्यक्षमा सुरेश पासवान विजयी भएका छन्। उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए।

स‌ंघको निर्वाचनमा ५७५ मत खसेको थियो। देशभरबाट आएका  मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि