नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरे विजयी
काठमाडौं: नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा रामजी घिमिरे निर्वाचित भएका छन्। उनले ३३१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी ओमप्रसाद उपाध्यायले २१७ मत ल्याए।
वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित भएका छन्। साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए।
महासचिवमा दीपकराज भट्ट निर्वाचित भएका छन्। महासचिवमा भट्ट र शंकर कँडेल चुनावी मैदानमा थिए ।
यसैगरी महिला उपाध्यक्षमा रमिला चौलागाईं विजयी भएकी छिन्। उनले निरा निरौलालाई हराएकी हुन्। कोषाध्यक्षमा सुरेश पासवान विजयी भएका छन्। उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए।
संघको निर्वाचनमा ५७५ मत खसेको थियो। देशभरबाट आएका मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण