Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ उपचारका लागि बेलायत जाने

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ उपचारका लागि बेलायत जाने

केही समयदेखि बिरामी रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि सोमबार बेलायत जाने भएका छन्। स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई लण्डन जाने अनुमति दिएको हो।

उनी यही नोभेम्बर २७ तारिखमा फर्किने तय भएको स्रोतले जनाएको छ। सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निष्कर्ष निकालेको उनका विशेष सहयोगी नइम उल हकले सञ्चारकर्मीलाई जानकारी दिए।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका ६९ वर्षीय सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको थियाे।

निवासमा पनि सरिफलाई अति विशिष्ट कक्ष (आईसीयू) को व्यवस्था गरिएको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि