बिरामीलाई धामीझाँक्रीकाे भर
गोरखा : चुमनुब्री गाउँपालिका ३ स्थित न्याक गाउँमा स्वास्थ्यसंस्था नहुँदा स्थानीय बासिन्दा मारमा परेका छन्। यो गाउँमा ४४ घरधुरी छ।
न्याकका बासिन्दाका लागि सिर्दिवास स्वास्थ्यचौकी सबैभन्दा नजिकको स्वास्थ्यचौकी हो। तर त्यहाँसम्म पुग्न चार घण्टा लाग्छ।
बिरामीलाई त स्वास्थ्य संस्था पुग्न सकस हुने भएकाले स्वास्थ्यसम्बन्धी सामान्य समस्या हुँदा बिरामी नै भएको ठानिँदैन। नजिक उपचार गर्ने ठाउँ नहुँदा रोग पालेर बस्नुको विकल्प छैन। सिकिस्त भएपछि मात्रै काठमाडौं जाने चलन छ।
हाेचाे घर र दाउराकाे अगेनामा खाना बनाइने हुँदा भान्से मात्र होइन, परिवारका सबै सदस्यलाई नै समस्या हुने गरेकाे छ। गाउँका धेरै मानिसधूमपान र मद्यपान गर्छन्। सिकिस्त भएपछि सहरमा उपचार गर्न जाने अधिकांशमा क्षयरोग नै देखिएकाे छ।’
औषधि उपचारका लागि समय धेरै लाग्ने भएका कारण गाउँका अधिकांश बिरामी धामीझाँक्रीकहाँ पुग्छन्। बाटो धेरै उकालो र समय धेरै लाग्ने हुँदा गाउँका सबै उपचारका लागि धामीझाँक्रीकहाँ नै जान बाध्य भएको अर्की स्थानीय बताउँछन्। स्वास्थ्य संस्था टाढा भएका कारण यहाँका मानिसले स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने गरेकाे सिर्दिवास स्वास्थ्यचौकीकी स्वास्थ्यकर्मी सोनी गुरुङले बताइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा