Health TV Online
Health TV Online

नेत्रज्योति संघमा प्रा. डा. पन्तको अध्यक्षतामा नयाँ नेतृत्व

नेत्रज्योति संघमा प्रा. डा. पन्तको अध्यक्षतामा नयाँ नेतृत्व

काठमाडौं : नेपाल नेत्रज्योति संघमा प्रा. डा. चेतराज पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चुनिएको छ। प्रा. डा. पन्त निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।

संघमा श्यामसुन्दर उदास, श्री रविन्द्रलाल चौधरी, ऋषिराम पौडेल, प्रा.डा दिलबहादुर क्षेत्री, सागरप्रताप राणा, तिलक मल्ल र चक्रबहादुर सिंह पदेन उपाध्यक्ष निर्वाचित भएका छन्।

यस्तै १२ सदस्य र दुई महिला सदस्य पनि निर्विरोध चुनिएका छन्। यस्तै दुई मनोनित सदस्य पनि चुनिएका छन्।

संघको केन्द्रीय कार्यसमितिकाे निर्वाचन कात्तिक २३ गने भएको थियो। अध्यक्षकाे कार्यकाल दुई वर्षको हुनेछ । यस अघिका अध्यक्ष प्रा. तीर्थप्रसाद मिश्रले दुई कार्यकाल अर्थात ४ वर्ष पदमा रहेर काम गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार