नेत्रज्योति संघमा प्रा. डा. पन्तको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं : नेपाल नेत्रज्योति संघमा प्रा. डा. चेतराज पन्तको अध्यक्षतामा नयाँ नेतृत्व चुनिएको छ। प्रा. डा. पन्त निर्विरोध अध्यक्ष निर्वाचित भएका हुन्।
संघमा श्यामसुन्दर उदास, श्री रविन्द्रलाल चौधरी, ऋषिराम पौडेल, प्रा.डा दिलबहादुर क्षेत्री, सागरप्रताप राणा, तिलक मल्ल र चक्रबहादुर सिंह पदेन उपाध्यक्ष निर्वाचित भएका छन्।
यस्तै १२ सदस्य र दुई महिला सदस्य पनि निर्विरोध चुनिएका छन्। यस्तै दुई मनोनित सदस्य पनि चुनिएका छन्।
संघको केन्द्रीय कार्यसमितिकाे निर्वाचन कात्तिक २३ गने भएको थियो। अध्यक्षकाे कार्यकाल दुई वर्षको हुनेछ । यस अघिका अध्यक्ष प्रा. तीर्थप्रसाद मिश्रले दुई कार्यकाल अर्थात ४ वर्ष पदमा रहेर काम गरेका थिए ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त