Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल स्वास्थ्यकर्मी संघको मतदान सम्पन्न, ५७५ मत खस्याे

नेपाल स्वास्थ्यकर्मी संघको मतदान सम्पन्न, ५७५ मत खस्याे

काठमाडाैं  : नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरूको संगठन नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्व छनोटका लागि मतदान सम्पन्न भएको छ। आइतबार  बिहान ८ बजे शुरु भएको मतदान साढे १२ बजे सम्पन्न भएको हो।

५७५ मत खसेकाे जानकारी दिइएकाे छ। मतपरिणाम आइतबार साँझसम्मा आउने बताइएको छ।

संघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सहअध्यक्ष ओमप्रसाद उपाध्यायले उम्मेदवारी दिएका छन्। घिमिरेले दुई कार्यकाल काम गरिसकेका छन्।

उपाध्याय स्वच्छ छविका देखिएकाले उनको पक्षमा मत परिणाम आउने अनुमान धेरैले गरेका छन्। तर विवादमा आए पनि घिमिरे पनि बलिया उम्मेदवार भएको बताइन्छ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा दीपक मुडभरी रामचन्द्र साह र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका छन्। यस्तै संघको महासचिव पदमा दीपकप्रसाद भट्ट र शंकर कँडेलेको उम्मेद्वारी परेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि