Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोइकाद्वारा मुगुका बर्थिङ सेन्टरलाई उपकरण प्रदान

कोइकाद्वारा मुगुका बर्थिङ सेन्टरलाई उपकरण प्रदान

मुगु कोरियाली सहयोग नियोग (कोइका)ले जिल्लामा रहेका बर्थिङ सेन्टरलाई उपकरण तथा सामग्री उपलब्ध गराएपछि अहिले यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको छ।

मुगुका चारवटै स्थानीय तह अन्तर्गतका विभिन्न १० वटा स्वास्थ्य संस्थालाई कोइकाको आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको स्थानीय साझेदार संस्था कर्णाली सामुदायिक विकास केन्द्र मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए।

युनिसेफ नेपाल जिल्ला प्रतिनिधि सञ्जयकुमार रजकका अनुसार छायानाथ रारा नगरपालिकाका पिना, ढुञ्गेधारा र थार्प बर्थिङ सेन्टर, मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, रिउस बगर, मुगु र डोल्फु खत्याड गाउँपालिकाका श्रीकोट, कोटडाँडा र सोरुगाउँपालिकाको नार्थपु बर्थिङ सेन्टरलाई प्रति बर्थिङ सेन्टर  दुई लाख ५० हजार रूपैयाँ बराबरका उपकरण तथा सामग्री उपलब्ध गरिएको हो।

स्वास्थ्य संस्थामा सहयोग गरिएका उपकरणलाई नेपाली तथा विदेशी प्राविधिकको टोलीले सबै १० वटै स्वास्थ्य संस्थामा पुगी पूर्णरूपमा उपकरणको जडान तथा सञ्चालनबारे प्रसूतिमा सरिक रहने एसबीए तालिम प्राप्त कार्यरत एएनएमलाई तालीम दिइएको छ।

छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार प्रसूति गृहमा आफ्नो नगरक्षेत्रमा रहेका प्रसूतिगृहमा प्रर्याप्त मात्रामा उपकरण तथा सामग्री नहुँदा स्वास्थ्यकर्मी आफ्नो स्वास्थ्यको पनि ख्यालै नगरी प्रसूति कार्यमा संलग्न हुनुपर्ने अवस्था थियो।  यस्तै पर्याप्त उपकरण नहुँदा नवजात शिशुलाई चिसोबाट बचाउन समस्या थियो तर कोइकाको आर्थिक सहयोगमा हालै उपकरण तथा सामग्री सहयोग भएपछि आफ्ना सबै स्वास्थ्यकर्मीलाई प्रसूति सेवा दिन सहज भएको र नवजात शिशु पनि सुरक्षित हुने गरेका छन्।

कोइकाको सहयोगमा हाल मुगु जिल्लामा मातृ नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ भने मुगालीले सुगम बराबरको स्वास्थ्य सेवा सहजै आफ्नै जिल्लामा पाउन भनेर जिल्ला सदरमुकाम गमगढीमा ५० करोड रुपैयाँ बढीको लागतमा कोइकाले जिल्ला अस्पताल निर्माण गरिरहेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन