Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कान्तिमा अक्सिजन प्लान्ट राख्न महानगरकाे सहयाेग

कान्तिमा अक्सिजन प्लान्ट राख्न महानगरकाे सहयाेग

काठमाडौं : काठमाडौं महानगरपालिकाले अक्सिजन प्लान्ट राख्न कान्ति बाल अस्पताललाई सहयोग गर्ने भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्रा.डा. आरपी विच्छाले शुक्रबार आर्थिक सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

यसका लगि दुई करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिँदै प्रमुख शाक्यले खरिद प्रक्रिया अघि बढाउन आग्रह गरे। उनले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै प्राथमिकतामा राखेकाे बताए।

निर्देशक बिच्छाले अक्सिजनमा मात्रै वार्षिक करिब ६३ लाख खर्च हुने गरेको जानकारी गराए। रकम अभावमा रातो स्टिकर टाँसेको भवनबाट सेवा प्रवाह गर्नुपरेको गुनासोसमेत उनको छ ।

०५२ को दरबन्दीले अहिलेसम्म चलाउनुपरेको र सरकारले कर्मचारीको तलबका लागि आउने बजेटसमेत घटाएर पठाएको उनकाे गुनासाे छ।

हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश सांसद दीपक निरौला पनि सहभागी थिए।  रक्षामन्त्री पोखरेलले कान्ति अस्पतालकाे समस्या समाधान गर्न स्थानीय तह, प्रदेश र केन्द्र सरकार लाग्ने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार