स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान शुरू
काठमाडौं: नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मीहरुको संगठन नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्व छनौटका लागि आज चुनाव भइरहेको छ ।
सहमति गर्ने प्रयास गरिए पनि सम्भव नभएपछि आज विहान ८ बजे देखि मतदान शुरु भएको हो । संघको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सह अध्यक्ष ओमप्रसाद उपाध्यायले उम्मेदवारी दिएका छन्। घिमिरेले दुई कार्यकाल काम गरिसकेका छन भने उपाध्याय वर्तमान सह अध्यक्ष हुन्।
शुरुमा अध्यक्षका लागि ४ जनाको नाम आएको थियो । अर्का सह अध्यक्ष कृष्ण नागिला र सल्लाहकार धनप्रसाद पौडेलले पनि आकांक्षा देखाएका थिए । उनीहरुले उपाध्यायलाई नै समर्थन गर्ने गरी उम्मेदवारी फिर्ता लिएका छन्।
उपाध्याय स्वच्छ छविका देखिएकाले उनको पक्षमा मत परिणाम आउने अनुमान धेरैले गरेका छन्। यद्यपी विवादमा आएका भए पनि घिमिरे पनि बलिया उम्मेदवार भएकाे बताइन्छ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा दीपक मुडभरी रामचन्द्र साह र भवानी शर्मा प्रतिष्पर्धामा उत्रिएका छन्। यस्तै संघको महासचिव पदमा दीपकप्रसाद भट्ट र शंकर कँडेलेको उम्मेद्धारी परेको छ ।
हरेक चार चार बर्षमा हुनुपर्ने अधिवेशन यसपटक भने दुई बर्ष ढिला गरि भएको छ । संघमा अहिले १८ हजार भन्दा बढी सदस्य रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा