Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरामा अनसनरत डा केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

डडेल्धुरामा अनसनरत डा केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं:  चिकित्सा शिक्षामा सुधारको माग राख्दै डडेल्धुरा पुगी आमरण अनसनरत डा गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

सोलिडारीटी फर डा केसी अलाइन्सको आयोजनामा प्रदर्शन भएको हो । १७ औँ पटकको अनसनमा रहेका डा  केसीको मागप्रति समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन भएको हो । ।

प्रदर्शनकारीहरुले डा केसीले उठाएका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनीहरुले डा केसीको समर्थन र सरकारविरुद्ध विभिन्न नारा लेखिएका टोपी लगाउनुका साथै प्लेकार्ड बोकेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार