Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अनसनरत डा केसीको स्वास्थ्य बिग्रदै गएपछि अस्पताल सारियो

अनसनरत डा केसीको स्वास्थ्य बिग्रदै गएपछि अस्पताल सारियो

काठमाडौं:  चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएपछि उनलाई डडेलधुरा अस्पताल सारिएको छ।

कार्तिक १८ गतेदेखि अस्पताल नजिकैको एक घरबाट अनसन बसेका उनको यसपटक पाँचौं दिनमै स्वास्थ्य अवस्था बिग्रँदै गएकाले उनलाई शुक्रबार साँझ अस्पताल सारिएको हो।

डा केसीको श्वासप्रश्वासमा समस्या भएपछि उनी राम्ररी बोल्न पनि नसक्ने भएको अस्पतालका निमित्त मेसु डा जितेद्र कँडेलले बताए। डा कसीको यो १७ औं अनसन हो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार