Health TV Online
Health TV Online

नेपाल चिकित्सक संघले भन्यो : आवश्यकताअनुसार बिरामीलाई खाद्यपूरक सामग्री सिफारिस गर्न पाइन्छ

नेपाल चिकित्सक संघले भन्यो : आवश्यकताअनुसार बिरामीलाई खाद्यपूरक सामग्री सिफारिस गर्न पाइन्छ

काठमाडौं : औषधि व्यवस्था विभागले खाद्यपूरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) बिरामीलाई सिफारिस नगर्न सूचना जारी गरेको विषयमा नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गरी स‌ंघले कुनै पनि रोगको स्वास्थ्य उपचारका क्रममा बिरामीलाई आवश्यकता अनुसार डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स सिफारिस गर्ने अधिकार चिकित्सकहरूमा निहित रहेको संघले जनाएको छ।

चिकित्सकहरूले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ मा उल्लेख भएका तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वीकृति प्रदान गरेका खाद्यपूरक सामग्री बिरामीको रोग, उमेर र आवश्यकता अनुसार स्वास्थ्य उपचारमा सहयोगी सावित हुने गरी अन्तर्राष्ट्रिय मान्यता अनुसार सिफारिस गर्दै आइरहेको जानकारी गराएको छ।

यसअघि गत कात्तिक २२ गते  विभागले सूचना जारी गर्दै डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स गैर कानुनी रूपमा आयात गरी औषधि पसलबाट गैरकानुनी रूपमा बिक्री भएको पाइएको भन्दै यस्ता औषधि पैठारी, बिक्री, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सम्बन्धित सूचना जारी गरेको थियो।

हेर्नुहोस् नेपाल चिकित्सक संघको विज्ञप्ति

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार